लठ्ठिई सारा सहर चल्दै थियो
बल्ल हाम्रो आचमन चल्दै थियो
यो गरिबीलाई के गर्नु पर्यो
पाँचतारेमा बहस चल्दै थियो
घर यहाँ मेरो अझै बाँकी छ रे
गाउँमा ठुलो हवन चल्दै थियो
के गरी बर्बाद पारौं यो भुवन
चोकमा चर्चा गहन चल्दै थियो
आज मेरो चाहना प्यूने मर्यो
आज उनको विष बमन चल्दै थियो
यो नदी बग्नेछ केको आड ली
पानी सङ्गै आज तल चल्दै थियो
देश सोतर भैसकेछ युद्धले
बल्ल शान्तिको पहल चल्दै थियो ।
निस्तेज
No comments:
Post a Comment